कार्यहरु

कार्यक्षेत्र 

औद्योगिक नीति , २०४९ ले नेपालमा औद्योगिकरणको गतिलाई तीव्रता ल्याउन घरेलु तथा साना उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको छ । सरकारले अंगिकार गरेको औद्योगिक नीतिको कार्यान्वयनका लागि उपयुक्त औद्योगिक वातावरणको सिर्जना गर्न औद्योगिक व्यवसाय ऐन , २०४९ कार्यान्वयनमा रहेको छ । औद्योगिक नीतिले अंगिकार गरेको तथा औद्योगिक व्यवसाय ऐनद्वारा व्यवस्थित घरेलु तथा साना उद्योग सम्वन्धी कार्यहरु संचालन गर्ने जिम्मा उद्योग , वाणिज्य तथा आपू र्ति मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विभागले निर्वाह गर्दै आएको छ । घरेलु तथा साना उद्योग विभागको साविक संगठन संरचनामा समसामयिक परिवर्तन हुदै मौजुदा स्वरुप कायम रहेको छ । घरेलु तथा साना उद्योग विभागले अधिराज्यको ७५ जिल्लामा घरेलु तथा साना उद्योग प्रशासन सम्वन्धी कार्य र अधिराज्यका २७ जिल्लामा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्वन्धी कार्यहरु समेत गर्ने गरी कार्य क्षेत्र तोकिएको छ ।

मुख्य मुख्य कार्यहरु 

१. प्रचलित ऐन , नियम अनुसार इजाजत लिनु पर्ने वा नपर्ने उद्योगहरुको वर्गीकरण गर्ने , र् इजाजत सम्वन्धी कार्यहरु गर्ने , उद्योग दर्ताको लागि आवश्यक प्रक्रियाहरु निर्धारण गर्ने तथा घरेलु तथा साना उद्योगहरुको दर्ता , नविकरण , पूँजी तथा क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने । 

२. उद्योगहरुलाई नियमानुसार सुविधा उपलव्ध गराउने । 

३. उद्योगहरुको सम्भाव्यता अध्ययन , औद्यागिक उत्पादनको गुणस्तर कायम तथा प्रचलित नियमानुसार उद्योगहरु संचालन भए नभएको सम्वन्धमा निरीक्षण गरी आवश्यक कारवाही गर्ने । 

४. औद्योगिक जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्न सीप विकास , व्यवसाय विकास तथा व्यवस्थापन तालीम संचालन गर्ने । 

५. व्यवसाय विकास तथा सीप विकास तालीम प्राप्त व्यक्तिलाई लघु कर्जा उपलव्ध गराउने ।

६. प्राविधिक परामर्श सेवा / प्रविधि विकास तथा हस्तान्तरण , औद्योगिक सूचना उपलव्ध गराउनका साथै औद्योगिक प्रर्वद्धन सम्वन्धी कार्य गर्ने । 

७. कार्यक्रम प्रस्तावहरु स्वीकृत नीति र प्राथमिकता अनुरुप भए नभएको विश्लेषण गरी मस्यौदा तयार गर्ने । कार्यक्रम कार्यान्वयन , अनुगमन र मूल्यांङ्कन सम्वन्धी कार्य गर्ने ।

समाचार र अद्यावधिक

परिपत्र - निर्णय कार्यान्वयन सम्बन्धमा

2074/08/03


महिला उद्यमशीलता विकास कोषः आ.व.२०७३।७४ मा ऋणीलाई कर्जा प्रवाह गर्ने सम्बन्धित रा.वा.वैंकका शाखाहरु

२०७४।०५।०९


महिला उद्यमशीलता विकास कोषको प्रगति विवरण पठाउन गरिएको परिपत्र

2074-04-03


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्रमा संसोधन

2074-04-01


सूचीदर्ता गराउने सम्बन्धी सूचना

2074/04/08


महिला उद्यमशीलता विकास कोषको आ.व. 2073/74 को स्वीकृत कर्जाको विवरण (सवै जिल्ला)

2074/03/18


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्र

2074/03/15


परिपत्र

2017-03-22


परिपत्र

2017-03-06


व्यवसाय विकास सेवा प्रदायक संस्थाहरुको तेस्रो पक्ष मूल्यांकन कार्यक्षेत्रगत शर्त (कार्यादेश)

2016-11-18


अन्लाईन उध्योग दर्ता सम्बन्धी सफ्टवेर निर्माणका लागि प्राबिधिक र आर्थिक प्रस्तव आव्हान गरिएको सुचना

११ फागुन , २०७२


महिला उद्ममशिलता विकास काेष

११ फागुन , २०७२


भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउने बारेको सूचना

२०७२-०१-३०


निजामती पुरस्कार सिफारिश सम्बन्धमा

२०७१-१२-१९


बैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धी

२०७१-१२-१९


लिलाम विक्रिको सूचना

२०७१/११/०५


महिला उद्यमशीलता विकास कोषको रकम कर्जा प्रवाह गर्ने सम्बन्धी सूचना

२०७१-०८-२६


आशय पत्र आव्हान गरिएको सूचना

२०७१/०९/०९


प्रकाशनहरु